सान्जेन जलविद्युत कम्पनीको साधारण सभा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सान्जेन जलविद्युत कम्पनीको साधारण सभा स्थगित



काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत ५ गते गर्ने भनिएको सभा स्थगित गरेको जनाएको छ ।

कम्पनीले चैत्र ५ गतेका लागि दिनको ११ बजे सोमबार कुण्डलिनि व्यांक्वेट, चण्डोलमा सभा गर्ने तयारी गरेको थियो । विशेष परिस्थितिका कारण साधारण सभा सञ्चालन गर्न नसकिने अवस्था श्रृजना भएको भन्दै कम्पनीले स्थगित गरेको हो ।

उक्त साधारण सभा उपयुक्त समयमा नियमानुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार ११:४९