गुणस्तरहीन खाना खुवाउने तीन हाेटललाई ३/३ लाख जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गुणस्तरहीन खाना खुवाउने तीन हाेटललाई ३/३ लाख जरिवाना



काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित होटेलले अखाद्य वस्तु प्रयोग गरी खाना तयार गर्ने गरेको फेला परेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार बजार अनुगमनको क्रममा यस्तो फेला परेको हो ।

विभागले उक्त होटलको खाना र खाजा तयार पार्न प्रयोग गर्ने मरमसला, खानेतेल, विभिन्न प्रकारका खाद्यजन्य पदार्थहरु म्याद नाघेको अवस्थामा फेला पारेको हो ।

उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नुका साथै ठगिसमेत गरेकाले विभागको अनुगमन टोलीले ३ होटेललाई जनही ३–३ लाख रुपैयाँ जरिवाना गराएको छ । यसबाहेक ति होटेलहरुबाट म्याद नाघेको अवस्थामा पाइएको खाद्यजन्य कच्चा पदार्थसमेत ठूलो परिमाणमा बरामद गरी नष्ट गरेको छ । विभागले होटेलको नाम भने खुलाएको छैन ।

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार १३:०९