सेयर बजारमा दोहोरो अंककाे सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंककाे सुधार



काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको हो।

आइतबार ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज कारोबारमा जलविद्युतबाहेक अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ। बजारमा हरियाली छाउँदा सबैभन्दा बढी जीवन बीमा कम्पनीको उपसूचकमा उच्च वृद्धि भएको छ । जीवन बीमा कम्पनीको उपसूचक १८५.७६ विन्दुले बढेको छ । नेप्सेअनुसार जीवन बीमापछि लघुवित्त १५१.१४, निर्जीवन बीमा १४२.३२, वित्त कम्पनीको २५.६०, विकास बैंकको ४२.७५, उत्पादन तथा प्रशोधन ६२.६७ र होटल तथा पर्यटन ५८.२३ अंकले बढेको छ ।

आज विन लघुवित्त र जाल्पा लघुवित्तको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । आज शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ९३ लाख २५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार १६:२७