नेप्से परिसूचक ९.३३ अंकले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ९.३३ अंकले बढ्याे



काठमाडौं । बुधबार नेप्से परिसूचक उकालो लागेको छ । आज बजार ९.३३ अंक बढेर २०१७.०३ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

कारोबार भएको ३०८ कम्पनीको आज ९१ लाख ३८ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ४५ करोड आज लाख रुपैयाँ बराबरको सेयर खरिद विक्रि भएको छ ।

त्यस्तै, आज डोल्टी पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने, स्वरोजगार लघुवित्त, जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स र सिवाईसी लघुवित्तको सेयर पनि उच्च अंकले बढेको छ । आज मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३३ करोड ३७ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार १५:४२