म्युचुअल फण्डलाई छुट्याएको हाथवे इन्भेष्टमेन्टको लकइन अवधि सकिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

म्युचुअल फण्डलाई छुट्याएको हाथवे इन्भेष्टमेन्टको लकइन अवधि सकिँदै



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सामुहिक लगानी कोषहरुलाई छुट्याएको साधारण सेयरको लकइन अवधि २०८० चैत्र १ पश्चात सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषहरुलाई छुट्याएको मध्ये ३६ हजार ५१२ कित्ता सेयरको लकइन अवधि चैत्र १ पश्चात सकिने भएको हो ।

कम्पनीले सामुहिक लगानी कोषलाई एक लाख ४६ हजार २ सय ५० कित्ता सेयर निष्काशन गरेको थियो । धितोपत्र बोर्डले म्युचुअल फण्डलाई छुट्याएको सेयर ६ महिनासम्म बिक्री गर्न नपाउने नियम ल्याउनु अगाडी नै म्युचुअल फण्डले ठूलो हिस्साको सेयर बेचिसकेकोले बिक्री गर्न बाँकि रहेको ३६ हजार ५ सय १२ कित्ता सेयरको लकइन अवधि चैत्र १ पश्चात सकिने भएको हो ।

हाथवे इन्भेष्टमेन्टले प्रति कितात रु ५० को दरले सेयर निष्काशन गरेको थियो।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार ११:२९