काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर ओरालो लागेको छ। आज बजार ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ११.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंक घटेको छ।
आज ३१६ कम्पनीको एक करोड १४ लाख ६७ हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आज सबै सूचक राताम्मे बनेका छन् । कारोबारमा बैंकिङ समूहको ३३.६२, विकास बैंक १४७.७९, वित्त ५०.५५, जलविद्युत ११३.२९, जीवन बिमा ३६३.१२, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २९७.३३, माइक्रोफाइनान्स ४५.५४, निर्जीबन बिमा समूहको उपसूचक २७७.६६ अंक घटेको छ।
आज गुरास लघुवित्त वित्तिय संस्थाको सेयर मुल्य उच्च अंकले बढेको छ भने बोटलर्स नेपाल ९बालाजु० र जोशी हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, बोटलर्स नेपाल ९तराई० को सेयरमूल्य पनि उच्च अंकले घटेको छ ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ४१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।





Comment