दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार दुई वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज युनिभर्सल पावर र छिमेक लघुवित्तको बोनस सेयर सूचिकृत भएको हो ।

आज युनिभर्सल पावरको ८.५५ प्रतिशतले हुन आउने १७ लाख ९५ हजार सात सय ९९.२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ। त्यसैगरी छिमेक लघुवित्तको ५ प्रतिशतले हुन आउने १४ लाख १७ हजार सात सय एक कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार १३:११