सेयर बजारमा उछाल, तीन पटकको सर्किट ब्रेकपछि कारोबार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा उछाल, तीन पटकको सर्किट ब्रेकपछि कारोबार बन्द



काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ । तीन पटक सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार नै स्थगित भएको हो।

कारोबार सुरु भएको तीन मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२: ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको हो ।

अब कारोबार मंगलबार मात्र खुला हुनेछ । आज सोमबार नेप्से सूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेर बन्द भएको छ ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार १२:५४