दोहोरो अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट



काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर ओरालो लागेको छ । आज बजार ११.७८ अंक घटेर १९६०.३० विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक घटेको छ।

आज ३०९ कम्पनीको दुई अर्ब आठ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ भने चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : २० फाल्गुन २०८०, आईतवार १५:३४