पिपुल्स पावरले पायो हकप्रद सेयर बिक्री गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पिपुल्स पावरले पायो हकप्रद सेयर बिक्री गर्ने अनुमति



काठमाडौं । पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएकाे छ । विद्युत नियमन आयोगकाे फागुन १९ गते बसेको बैठकले १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्न कम्पनीलाई अनुमति दिएको हो ।

आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।

कम्पनीले हाल सञ्चालनमा रहेको ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाको नियमित मर्मतसंभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न र नयाँ आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएको छ ।

हाल यसको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हकप्रद पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २० फाल्गुन २०८०, आईतवार ११:३८