रिडी पावरकाे ५० प्रतिशत हकप्रद खुल्यो, क-कसले दिन पाउनेछन् आवेदन? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिडी पावरकाे ५० प्रतिशत हकप्रद खुल्यो, क-कसले दिन पाउनेछन् आवेदन?



काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आज (शुक्रबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्ब ५४ करोड, ८९ लाख १ हजार २०० रूपैयाँको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।

कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले माघ २२ गते बुक क्लोज गरिसेकको छ। बुक क्लोजको आधारमा माघ २१ गतेसम्म कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त हकप्रद सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत् र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार ११:१९