वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की



काठमाडौं । वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चुनिएका छन् । समिट एयरका एकाउन्टेबल म्यानेजर रहेका कार्की संघको अध्यक्षमा चुनिएका हुन् ।

उनी यसअघि महासचिव थिए । नयाँ समितिको औपचारिक घोषणा भने हुन बाँकी छ । बिहीबार हुने संघको २३औं साधारणसभामा नयाँ कार्यसमितिको औपचारिक घोषणा हुनेछ । संघको पदाधिकारीको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार १५:३३