यी नौं निर्माण कम्पनी परे कालोसूचीमा, कुन-कुन परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी नौं निर्माण कम्पनी परे कालोसूचीमा, कुन-कुन परे ?



काठमाडौं । सरकारले विभिन्न नौं वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। संघीय तथा स्थानीय तहबाट कालोसूचीमा राख्न सिफारिस भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएकाे छ।

कालोसूचीको अवधि न्यूनतम ६ महिनादेखि अधिकतम तीन वर्षसम्म रहेको छ । कालोसूचीमा पर्नेमा मजदुर कन्स्ट्रक्सन प्रालि (सुर्खेत), खम्पाचे शेर्पा निर्माण प्रालि (काठमाडौं) र इन्द्रपुरी कन्स्ट्रक्सन फर्म (पोखरा) रहेका छन् । त्यसैगरी रुपन्देही बिल्डर्स एन्ड कन्स्ट्रक्सन (काठमाडौं), प्राकृतिक निर्माण प्रालि (रुपन्देही), कश्यप निर्माण सेवा तथा सप्लायर्स (काठमाडौं) समिर कन्स्ट्रक्सन (नवलपरासी) रहेका छन् । साथै, पुनः इन्द्रपुरी कन्स्ट्रक्सन (पोखरा), पारस बिल्डर्स एन्ड सप्लायर्स (काठमाडौं), प्रभु एन्ड सन्स निर्माण सेवा (सुनसरी) र न्यू मालिका निर्माण सेवा (गुल्मी) रहेका कार्यालयले जनाएको छ ।

कालोसूचीमा राखिएका ती निर्माण व्यवसायी र आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउन पनि खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलवार १२:५२