अढाई लाख घुस लिएको भन्दै ललितपुरकाे मालपोत र नापीका पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अढाई लाख घुस लिएको भन्दै ललितपुरकाे मालपोत र नापीका पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल सहित पाँचजनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट खटिएको टोलीले उनीहरुलाई माघ ९ गते पक्राउ गरेको थियो ।

आयोगले विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध पनि मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार १८:५९