सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुलाई हट्न निर्दिेशन दिएको छ । महानगरले बुधबार एक सूचना प्रकाशति गर्दै सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुलाई उक्त क्षेत्र खाली गर्न निर्देशन दिएकाे हो ।

तोकेको समयभत्रि सो क्षेत्रबाट नहटेमा प्रचलति कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिकाे संरक्षण, रेखदेख तथा उचति प्रबन्ध गरिने महानगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकिएको छ। सोही व्यवस्थाबमोजिम महानगरले ललिता निवास खाली गर्न निर्देशन दिएको हो।

फागुन ३ गते मात्रै बालुवाटारस्थति ललिता निवास सरकारी जग्गा व्यक्तिकाे नाममा किनबेच तथा नामसारी भएको मुद्दामा विशेष अदालतले उक्त जग्गा सरकारको हुने फैसला गरेको थियाे ।

प्रकाशित : ९ फाल्गुन २०८०, बुधबार ११:०२