बोटलर्स नेपाल (तराई) सात करोड ४१ लाख घाटामा, रिजर्भको आकार बढेर तीन अर्ब ७१ करोड कायम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बोटलर्स नेपाल (तराई) सात करोड ४१ लाख घाटामा, रिजर्भको आकार बढेर तीन अर्ब ७१ करोड कायम



काठमाडौं । बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीले सात करोड ४१ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी १५ करोड ३२ लाख नाफामा थियो।

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत तीन अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो ।

कम्पनीको अन्य सञ्चालन आम्दानी ९९ लाख ६१ हजार रुपैयाँ र वित्त आम्दानी ५२ हजार रुपैयाा रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ५९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि १६ करोड ६३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।

कम्पनीको रिजर्भको आकार १०.०१ प्रतिशतले बढ्दै तीन अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल चालु सम्पत्ति चार अर्ब १८ करोड र कुल चालु दायित्व पाँच अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १२३ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ तीन हजार १७३ रुपैयाँ र पीई अनुपात १०५ गुणा ऋणात्मक कायम भएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार १३:११