४१ करोड ८४ लाख घाटा व्यहोरेको घोराही सिमेन्टको अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

४१ करोड ८४ लाख घाटा व्यहोरेको घोराही सिमेन्टको अन्य सूचक कस्तो ?



काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले यो अवधिसम्म ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी एक करोड ५४ लाख ४३ हजार रुपैयाँ नाफामा रहेको थियो ।

घोराहीले उत्पादन बिक्रीबाट हुने आम्दानीमा झिनो वृद्धि हासिल गरेको छ । उत्पादन बिक्रीबाट १.४० प्रतिशतले आम्दानी वृद्धि गरी एक अर्ब ७१ करोड २४ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै, बिक्री लागत एक अर्ब ३२ करोड रुपैयाँबाट बढेर एक अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, अन्य आम्दानी १० करोडबाट घटेर ११ लाख रुपैयाँमा सीमित भएको छ भने वित्तीय लागत १९ करोड रुपैयाँबाट बढेर २६ करोड रुपैयाँ पुगेको छ । घोराही सिमेन्ट प्रतिसेयर ९.१६ रुपैयाँ नोक्सानमा छ भने प्रतिसेयर नेटवर्थ २२५.४५ पैसा रहेको छ ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार ११:०३