फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत यस्तो व्यवस्था गरिने जानकारी दिएको हो ।

“ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ,” समीक्षा प्रतिवेदनमा भनिएको छ । यसरी स्थायी निक्षेप सुविधा कार्यान्वयनमा आएपछि बैंकहरूले आफूसँग बढी भएको रकम राष्ट्र बैंकमा राख्न सक्नेछन्।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखेको छ । आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरूलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखिएको छ ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार १०:२९