नेपाल टेलिकमको खुद नाफामा ७.६० प्रतिशतको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल टेलिकमको खुद नाफामा ७.६० प्रतिशतको गिरावट



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा घटेको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ७.६० प्रतिशतले ले थोरै हो ।

यस अवधिमा कम्पनीले तीन अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले चार अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष १८ अर्ब सात करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको उक्त आम्दानी घटेर हाल १७ अर्ब २४ करोड रुपैयाँमा झरेको छ ।

त्यसैगरी, टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने छ करोड ६८ लाखबाट बढेर ४४ करोड ६४ लाख पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । वित्तीय आम्दानी तीन अर्ब ९५ करोडबाट घटेर तीन अर्ब ६१ करोड रुपैयाँमा झरेको छ ।

यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४७ रुपैयाँ २८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ४३ रुपैयाँ ६८ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०३ रुपैयाँ ७६ पैसा रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार १०:२१