जनयुद्ध दिवसमा सार्वजनिक विदा नदिने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनयुद्ध दिवसमा सार्वजनिक विदा नदिने सरकारको निर्णय



काठमाडौं । सरकारले फागुन १ गते मनाउने जनयुद्ध दिवसको बिदा हटाएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै बिदा हटाएको जानकारी दिएको हो ।

सुचनामा भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८० माघ २५ गतेको बैठकको निर्णयानुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९ चैत २ गते प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ।’

प्रकाशित : २९ माघ २०८०, सोमबार १२:३८