सोल्टी होटलले छ महिनामा कमायाे २६ करोड ३१ लाख नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सोल्टी होटलले छ महिनामा कमायाे २६ करोड ३१ लाख नाफा



काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार होटलले यस अवधिमा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको भन्दा ४.६४ प्रतिशतले धेरै हो । गत वर्ष होटलले २५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमासमा होटलको सञ्चालन आम्दानी ३० करोड ६२ लाख रुपैयाँबाट बढेर ३१ करोड ७९ लाख रुपैयाँमा भएको छ ।

साथै, पुस मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल एक अर्ब पाँच करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा ३९.४४ प्रतिशतले धेरै हो। गत वर्ष होटलले ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

हाल यसको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा एक अर्ब ४८ करोड रुपैयाँ छ । सोल्टी होटलको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९७ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा रहेको थियो ।

प्रकाशित : २८ माघ २०८०, आईतवार १०:३४