सामुदायिक र बीपीडब्लु लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सामुदायिक र बीपीडब्लु लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

यी दुई लघुवित्त संस्था १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन्। जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता सेयर हुने सेयरधनीले १०० कित्ता नै सेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता शेयर हुने सेयरधनीले ८५.३५ कित्ता पाउनेछन् । मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट वित्तीय कारोबार हुनेछ ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ । सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । यसअघि असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

प्रकाशित : २५ माघ २०८०, बिहीबार १०:५५