दोस्रो त्रैमाससम्म अपि पावरले कमायो २१ लाख ४३ हजार नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

दोस्रो त्रैमाससम्म अपि पावरले कमायो २१ लाख ४३ हजार नाफा



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ९६.५६ प्रतिशतले कम हो । गत वर्षको पुसमा कम्पनीले छ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अपिको चुक्ता पुँजी पाँच अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ रहेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी २७ करोड ४२ लाखबाट बढेर ६२ करोड ६६ हजार रुपैयाँ पुगेको छ । वित्तीय खर्च नौं करोड ८६ लाखबाट बढेर २१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यता, कुल खर्च भने १७ करोड ५२ लाखबाट बढेर ५३ करोड चार लाख रुपैयाँ पुगेको छ ।

यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७५ पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने १०३ रुपैयाँ ३१ पैसा छ ।

प्रकाशित : २५ माघ २०८०, बिहीबार १०:३८