छ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

छ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियाे



काठमाडौं । नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई पाँच अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुइ लाख सात हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुइ लाख ७५ हजार ६४३ र एक लाख ४२ हजार ५४८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई सात खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।

प्रकाशित : २३ माघ २०८०, मंगलवार १२:४१