मोदी इनर्जी १९ करोड ८६ लाख नोक्सानमा, अन्य सूचक कस्ता छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

मोदी इनर्जी १९ करोड ८६ लाख नोक्सानमा, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मोदी इनर्जी लिमिटेडले घाटा व्यहोरेको छ । यस अवधिसम्म कम्पनी १९ करोड ८६ लाख ६८ हजार रुपैयाँ नोक्सानमा रहेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा यसले ४६ करोड ४७ लाख १९ हजार नोक्सान व्यहोरेको थियो । यसअवधिमा यस कम्पनीले विद्युत् बिक्रीबाट १७ करोड ७७ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी दुई अर्ब ९० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७० पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६८ रुपैयाँ २९ पैसा छ ।

प्रकाशित : २२ माघ २०८०, सोमबार ११:०३