रावा इनर्जी पाँच लाख १७ हजार घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

रावा इनर्जी पाँच लाख १७ हजार घाटामा



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा पाँच लाख १७ हजार ६५० रुपैयाँ घाटा व्यहोरेको छ ।

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत दुई करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४०.३९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म बिद्युत बिक्रीबाट एक करोड ८८ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म कर्मचारीका लागि १६ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४५.७९ प्रतिशतले धेरै हो । अघिल्लो आवसम्म १३ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च बढेर २६ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको सञ्चालन मुनाफा भने बढेको छ । कम्पनीको सञ्चालन मुनाफा ५१.५८ प्रतिशतले बढ्दै एक करोड ४४ लाख बढी पुगेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म ४५ करोड ४ लाख दिर्घकालिन कर्जा र २४ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ । कम्पनीको सञ्चित मुनाफा पाँच करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.१८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ कायम रहेको छ ।

प्रकाशित : २१ माघ २०८०, आईतवार ११:३१