बाँसबारी जग्गा प्रकरण: सीआईबीले संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाँसबारी जग्गा प्रकरण: सीआईबीले संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता उद्योग जग्गा प्रकरणमा संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बताएको छ । सीआईबीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यो जग्गा हिनामिना प्रकरणमा जोडिएका सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बताएको हो ।

सीआईबीले सो उद्योगको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने विषयमा कुनै पनि सरकारी निर्णय नभएको पनि स्पष्ट पारेको छ ।

ब्युरोले बिहिबार बाँसवारी छाला जुत्ता कारखानाको तत्कालिन कार्यकारी अध्यक्ष अजित नारायण सिंह, च्याम्पियन फुटवेयर प्रालि र सिजि, चांदवाग रेसिडेन्सी प्रा.लि.का संचालकद्वय संजय ठाकुर र करण चौधरीलाई पक्राउ गरेको थियो । उनीहरुलाई बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गर्ने गरेको अभियोगमा पक्राउ हाे।

ब्युरोका अनुसार मालपोत कार्यालय डिल्ली बजारको मिति २०३७/०७/२० को निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लि को नाममा श्रेस्ता कायम भएको काठमाडौं जिल्ला साविक नगर २२ (छ) कि.नं.५० को १८-३-२-० जग्गा श्री ५ को सरकारको निर्णय बिना संचालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने अधिकार नभएको अवस्था कानून बिपरीत संचालक समितिले आफुलाई फाईदा र श्री ५ सरकारलाई हानी नोक्सानी गर्ने उदेश्यले मिति २०४३/०५/१० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फवाट कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेर लि को नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पूँजी ५० लाख को २५५ शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौ साविक नगर २२ (छ) कि.न. ५० को १८-३-२-० जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको जनाएको छ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार १५:०६