मान्डु हाईड्रोपावरको खुद नाफा ११.७८ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मान्डु हाईड्रोपावरको खुद नाफा ११.७८ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ताे ?



काठमाडौं । मान्डु हाईड्रोपावर लिमिटेडको खुद नाफा ११.७८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोहि अवधिसम्म १५ करोड २६ लाख रुपैयाँमा सीमित थियो । त्यस्तै कम्पनीले विद्युत बिक्रीबाट आम्दानीबाट ४१ करोड ५२ लाख रुपैयाँ बढी आर्जन गरेको छ ।,जुन अघिल्लो आवको तुलनामा ४.०४ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ४३ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको सञ्चालन नाफा पनि ३८ करोड ६३ लाख रुपैयाँबाट घटेर ३६ करोड ६३ लाख रुपैयाँमा झरेको छ । यसको वित्तीय खर्च १५ करोड ७६ लाखबाट घटेर १२ करोड ९ लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको रिर्जभ ३७ करोड १९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी,२५.०२ रुपैयाँ,प्रतिसेयर मूल्य १३९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.४२ गुणा कायम भएको छ ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार १३:०४