नेपाल वेयरहाउजिङ्ग कम्पनी नौं करोड नोक्सानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल वेयरहाउजिङ्ग कम्पनी नौं करोड नोक्सानमा



काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले नौं करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी दुई करोड ९९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १४५ प्रतिशत बढेको छ भने कुल आम्दानी १०३.८५ प्रतिशतले बढेर ६६ लाख १७ हजार रुपैंया पुगेको छ। त्यसैगरी, कम्पनीको वित्तीय खर्च ६५८.९२ प्रतिशत बढेको छ भने कुल खर्च १२२.९१ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८० पैसा ऋणात्मक रहेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा रहेको छ।

सो अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १५ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रकाशित : १७ माघ २०८०, बुधबार १०:५८