अप्पर सोलु हाइड्रोको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले आठ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले पाँच करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ४२ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बिद्युत बिक्री आम्दानी ४० करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी चार रुपैयाँ तीन पैसा बढेर १२ रुपैयाँ ४३ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.७४ गुणा रहेको छ।

प्रकाशित : १६ माघ २०८०, मंगलवार १५:०८