आइएमई लाइफको नाफामा ९६.१४ प्रतिशतको उछाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफको नाफामा ९६.१४ प्रतिशतको उछाल



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सर्वाजनिक गरेको छ । विवरण अनुसार यस अवधिसम्म कम्पनीको नाफा ९६.१४ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको यसै अवधिमा ११ करोड ९६ लाख रुपैयाँ रहेको नाफा अहिले २३ करोड ४७ लाख रुपैयाँ पुगेको हाे । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा आकर्षक सुधार आउँदा नाफामा वृद्धि भएकाे हो ।

लगानी तथा कर्जाबाट पुस मसान्तसम्म ६३ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा ८५.५३ प्रतिशत धेरै हो । यता, कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ११.२० प्रतिशतले बढेर एक अर्ब ९९ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ८५ करोड रुपैयाँ छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । प्रतिसेयर आम्दानी २.६४ रुपैयाँले बढेर ११.९४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १७७.२७ रुपैयाँ छ ।

प्रकाशित : १४ माघ २०८०, आईतवार १०:४६