नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेल तथा सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेल तथा सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पक्राउ



काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा आयोगले पौडेलद्वयलाई पक्राउ गरेको हो ।

अख्तियारले असोज १५ गते सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरिसकेको छ भने २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

फेरि उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको र अख्तियारले बयानका लागि बोलाउँदा उपस्थिति नभएपछि पक्राउ गरिएको जनाइएको छ । अख्तियारले दुवै जनालाई बिहीबार विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

प्रकाशित : १० माघ २०८०, बुधबार १७:१८