प्रभु बैंकले बनायाे सेयरधनीकाे हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले बनायाे सेयरधनीकाे हातखाली



काठमाडौं । प्रभु बैंकले लाभांश नदिने घोषणा गरेको छ। कम्पनीको माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले सेयरधनीहरुलाई गत आव २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैंठकले बैंकको वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ। अघिल्लाे आर्थिक वर्षमा बै‌कले नाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ९ माघ २०८०, मंगलवार १०:२९