राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, अब कुन खातामा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, अब कुन खातामा कति ?



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले माघ ५ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

बैंकले बचततर्फ न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशत ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा १.५० प्रतिशतदेखि १.७५ प्रतिशत, विशेष बचतमा २ प्रतिशत, सुपर बचतमा २.५० प्रतिशतदेखि ३ प्रतिशत तोकिएको छ ।

यस्तै, एनसिबएिल समुन्नत बचत खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ३.२५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा २.७५ देखि ३.२५ प्रतिशत, अनिवार्य बचतमा ८ प्रतिशत र क्रमिक बचतमा ७ देखि ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ ।

यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न शिर्षकमा ७ प्रतिशतदेखि १०.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार ११:४१