नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त



काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पर्वत कार्की हाल किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत छन्। व्यवस्थापनमा स्नातकोत्तर गरेका कार्की राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा तीन दशक अनुभव सम्हालेका कार्कीले ग्रामीण विकास बैंकको सीईओ भएर पनि काम गरेका छन्।

प्रकाशित : ३ माघ २०८०, बुधबार १७:४१