मिर्मिरे लघुवित्तकाे नाफा घट्याे, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिर्मिरे लघुवित्तकाे नाफा घट्याे, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिसम्म आइपुग्दा लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशतले घटेर तीन करोड ४० लाख पाँच हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले पाँच करोड ८१ लाख आठ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

संस्थाको यस अवधिमा खुद ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेर १७ करोड ८५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ करोड सात लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, सञ्चालन नाफा पनि ४१.४८ प्रतिशतले घटेर चार करोड ८५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको आठ करोड ३० लाख ११ हजार रुपैंया बराबरको संञ्चालन नाफा रहेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ भने यस अवधिमा संस्थको खराब कर्जा ४.५१ प्रतिशत छ । जुन अघिल्लो बर्षको यसै अवधिभन्दा केहि बढेको छ । अघिल्लो बर्ष यसको खराव कर्जा ३.८४ प्रतिशत रहेको थियो । त्यस्तै, दोस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी भने १० रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयााँ ४१ पैसा छ ।

प्रकाशित : ३ माघ २०८०, बुधबार १०:५२