ग्लोबल आइएमई क्यापिटलको सीईओमा लुइटेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ग्लोबल आइएमई क्यापिटलको सीईओमा लुइटेल नियुक्त



काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मन्दिप लुइटेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) उक्त क्यापिटलमा लुइटेल करार सेवामा सीईओमा नियुक्त भएका हुन् ।

पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी लुइटेललाई आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । राजविराज, सप्तरी निवासी निज लुइटेल यसअघि सानीमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए ।

प्रकाशित : २ माघ २०८०, मंगलवार १६:२३