विकास बैंकहरुले पनि घटाए ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास बैंकहरुले पनि घटाए ब्याजदर



काठमाडौं । बाणिज्य बैंकहरुले ब्याजदर घटाएपछि विकास बैंकहरुले पनि माघ महिनाको लागि ब्याजदर घटाएका छन् । राष्ट्रियस्तरका आठ विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक बाहेक सबैले नयाँ व्याजदर सार्वजनिक गरेका हुन् ।

पुसको तुलनामा विकास बैकहरुले न्युनतम ०.२५ प्रतिशतदेखि अधिकतम ०.४५ प्रतिशत बिन्दुसम्मले ब्याजदर घटाएका छन्।

माघ महिनाका लागि गरिमा, सांग्रिला, शाइन रेसुंगा र कामना सेवाले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यस्तै, ज्योति, लुम्बिनी र महालक्ष्मी विकास बैंकले भने ०.४५ प्रतिशत बिन्दुल‍ले ब्याजदर घटाएर अधिकतमा ८.८० प्रतिशत ब्याजदर तोकेका छन् ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १३:१२