यी कम्पनीले गरे लाभांश नदिने घोषणा, अघिल्लो पटक कति दिएका थिए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी कम्पनीले गरे लाभांश नदिने घोषणा, अघिल्लो पटक कति दिएका थिए ?



काठमाडौं । गत बर्षको नाफाबाट यी तीन कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेका छन् । कम्पनीको सञ्चालक समितिको बैंठकले निर्णय गरेअनुसार गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कुनैपनि लाभांश नदिने घोषणा गरेका हुन् ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएर गत वैशाख २७ गतेबाट आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरेका छन् ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट भने निर्धनले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको पुस २८ गते शनिबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यस कम्पनीले अघिल्लाे आर्थिक वर्षमा १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १२:१७