लुम्बिनी विकास बैंकमा २२ ठूला सेयरधनी, कसकाे स्वामित्व कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकमा २२ ठूला सेयरधनी, कसकाे स्वामित्व कति ?



काठमाडौं । लुम्बिनी विकास बैंकको ठूला सेयरधनीमा २२ व्यक्ति तथा कम्पनी रहेका छन् । बैकमा सबैभन्दा बढी सेयर स्वामित्व स्याकार कम्पनी प्रालिको रहेको छ । उक्त कम्पनीको ६.१३ प्रतिशत अर्थात २० लाख ७४ हजार ७९६ कित्ता सेयर रहेको छ ।

त्यस्तै, बैंकमा चिन्तामणी भट्टराईको ३.८३ प्रतिशत अर्थात ११२ लाख ९७ हजार २०८ कित्ता, शान्ति श्रेष्ठको १.७५ प्रतिशत अर्थात ५ लाख ९१ हजार ८०० कित्ता, आरएसी इन्भेष्टमेन्ट प्रालिको १.७१ प्रतिशत अर्थात ५ लाख ७७ हजार १६१ कित्ता, मन प्रसाद वाग्लेको १.६३ प्रतिशत अर्थात ५ लाख ५१ हजार ४२३ कित्ता , मिङमा दोर्जे शेर्पाको १.५९ प्रतिशत अर्थात ५ लाख ३६ हजार ५६२ कित्ता स्वामित्व रहेको छ ।

यस्तै बैंकमा कान्छा गुरुङको १.५० प्रतिशत, अर्थात ५ लाख ८ हजार २५१ कित्ता सुशिलराज पराजुलीको १.२९ प्रतिशत अर्थात ४ लाख ३५ हजार २६६ कित्ता, सुधिर प्रसाद शर्माको १.१२ प्रतिशत अर्थात ३ लाख ८० हजार ३६० कित्ता, पुष्पाज्योति ढुंगानाको १.०५ प्रतिशत अर्थात ३ लाख ५४ हजार १९१ कित्ता सेयर स्वामित्व रहेको छ । अन्य ठूला सेयरधनीको सेयर स्वामित्व १ प्रतिशत अर्थात २ लाख भन्दा कम रहेको छ ।

रामजी प्रसाद बास्तोलाको ०.८५ प्रतिशत, श्यामुकपु इन्टरनेशनलको ०.७३ प्रतिशत, श्याम कुमार क्षेत्रीको ०.६७ प्रतिशत, विजय कुमार सरावगीको ०.६६ प्रतिशत, अजय कुमार सरावगीको ०.६६ प्रतिशत, हरपल इन्भेष्टमेन्ट कम्पनीको ०.६४ प्रतिशत, दिपक शेरचनको ०.६४ प्रतिशत, मनकाजी माकजुको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा बासु श्री श्रेष्ठ कर्माचार्यको ०.५४ प्रतिशत, शेखर घिमिरेको ०.५३ प्रतिशत, बेल बहादुर गुरुङको ०.५२ प्रतिशत र बिनोद बहादुर श्रेष्ठको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रकाशित : २७ पुष २०८०, शुक्रबार १६:५५