बिजुली काटिएका उद्योगहरुमा लाइन जडान गर्ने प्राधिकरणको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिजुली काटिएका उद्योगहरुमा लाइन जडान गर्ने प्राधिकरणको निर्णय



काठमाडौं । लामो समयकाे बहसपछि अन्ततः नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन जडान गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रीपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुली जोडिदिन प्राधिकरणलाई निर्देशन दिएको थियो । साथै मन्त्रीपरिषद बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ । सरकारले निर्णय गरे पनि लाइन नजोडिएको भन्दै पीडित तथा प्रताडित उद्योगी समूहले सरकारले जाँचबुझ आयोग गठन गर्नु सकारात्मक भए पनि प्राधिकरणले उद्योगमा विद्युत नजोड्नु दुर्भाग्यपूर्ण भएको भन्दै विज्ञप्ति निकालेका थिए ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान बसेको प्राधिकरण बोर्ड बैठकले व्यवस्थापनलाई बिजुलीको लाइन जोड्न निर्देशन दिएको हो । साेहि अनुसार प्राधिकरणको व्यवस्थापनले लाइन जडानको तयारी गरेको छ ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले पुस ६ गतेदेखि उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । त्यसविरुद्ध उद्योग सञ्चालकहरु विरोधमा उत्रिएका थिए ।

प्रकाशित : २७ पुष २०८०, शुक्रबार १२:४८