नेपाल ल्यूव आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल ल्यूव आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । नेपाल ल्यूब आयल लि.को ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीद्धारा अघिल्लो वर्ष जस्तै यस साधारण सभा मार्फत पनि शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल देशभरी नै फैलिरहेको आर्थिक मन्दीले सबै ब्यापारिक क्षेत्र अस्थिर र अन्योल अवस्थाबाट गुज्रिरहेको छ। यो स्थितिमा पनि कम्पनीले अघिल्लो वर्षझैँ लाभांश पारित गरेकोमा शेयर धनीहरुले खुल्ला प्रशंसा गरेका छन् । सभाका अध्यक्ष अरुणकुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमार चौधरीले भने, “देश र बजारको हालको अवस्थानिकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रितहुन जरुरी छ र संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभतिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ । नेपाल ल्युब आयल लिमिटेड यहि विचार धारामा आगाडी बढी रहेको छ र रहने छ । व्यवस्थापन र अन्यटोली सदस्यहरू यसमा प्रतिबद्ध छन्।“ बैठकपछि कम्पनीको कार्यसम्पादनबाट शेयरधनीहरु निकै उत्साहित देखिन्थे ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो। गल्फ लूब्रिकेन्टस् नेपालमा मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १७:२७