बलात्कार मुद्दामा दोषी ठहर सन्दीपलाई आठ वर्ष कैद सजाय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपलाई आठ वर्ष कैद सजाय



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई बुधबार सजाय तोकेको हो ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि अदालतले गरेको छ।

जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १७:१३