हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ६।३७ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ३० करोड रहेको छ । बीमा प्राधिकरणले पारित गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १२:२८