सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले उकालाे लाग्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले उकालाे लाग्याे



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज परिसूचक २०.६२ अंक बढेर २०८०.१२ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ।

आज ३०९ कम्पनीको एक करोड ७९ लाख कित्ता सेयर किनबेच हुदाँ छ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ७.७९, विकास बैंक २०६.०५ वित्त ६४.४६, माइक्रोफाइनान्स ४०.८३, निर्जीबन बिमा समूहको उपसूचक ६७.६४, हाेटल तथा पर्यटन १५२.२८, जीवन बिमा १०१.०६ अक बढेकाे छ । जलविद्युत समूहको उपसूचक ११.४९ उत्पादन तथा प्रशोधन २.४७ अक घटेकाे छ ।

आज कारोबारमा कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अप्पर सांगे हाइड्रोपावर, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २१ करोड ४९ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : २४ पुष २०८०, मंगलवार १५:३६