नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए पदबाट राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए पदबाट राजीनामा



काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न उत्पादन भएपछि प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार अकस्मात राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार मङ्गलवार अध्यक्ष खनालले सञ्चारमन्त्री रेखा शर्मा समक्ष राजीनामा बुझाएका छन् । अध्यक्ष खनाल २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।

पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ ।

प्रकाशित : २४ पुष २०८०, मंगलवार १३:५९