हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी माघ १८ गते बिहिवार १६ औं बार्षिक साधारणसभा आह्वान गरेको छ ।

साविक युनियन, प्राइम र गुराँस लाइफको आव २०७८।७९ को बार्षिक वित्तिय विवरणमा आधारित बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको यही पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले साविक तीन वटै कम्पनीको बार्षिक साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले उक्त साधारणसभाबाट शेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय गर्दै वित्तीय विवरण मात्रै सञ्चालक समितिबाट पारित गर्ने नियमित एजेण्डा राखेको छ । साथै कम्पनीले सञ्चालक समिति र उप समितिलाई भुक्तानी गरेको भक्ता पारित गर्ने एजेण्डा समेत राखेको छ । त्यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सार्वजनिक शेयरधनीहरुको तर्फबाट तीन जना गरी कूल छ जना सञ्चालक निर्वाचित गर्ने एजेण्डा समेत प्रस्ताव गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित : 7 January, 2024 11:49 am