विद्युत् प्राधिकरणको सञ्चालकमा रतनबहादुर ऐर नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विद्युत् प्राधिकरणको सञ्चालकमा रतनबहादुर ऐर नियुक्त



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा अमरगढी नगरपालिका– ४, डडेल्धुराका इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको सोमबारको निर्णयबाट प्राधिकरणको रिक्त सञ्चालकमा ऐरलाई चार वर्षका लागि नियुक्त गरिएको हो ।

विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिमध्येबाट ऐरलाई नियुक्त गरिएको छ । सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका ऐरसँग प्राधिकरणका इन्जिनियरको रूपमा २९ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

प्रकाशित : १७ पुष २०८०, मंगलवार १५:०२