टुरिजमको हकप्रद कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

टुरिजमको हकप्रद कहिले ?



काठमाडौं, २४  फागुन । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको शतप्रतिशत हकप्रद चैत १३ गतेबाट निष्काशन हुने भएको छ । बैंकले आफ्ना लगानीकर्ताहरुलाई एक कित्ता पुरानो शेयर बराबर एक कित्ता नयाँ हकप्रद शेयर निष्काशन दिने भएको हो ।

बैंकले १०० रुपैयाँ अंकित दरको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद जारी गर्न लागेको हो । हाल ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँ चुक्ता पूँजी भएको बैंकको उक्त हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ८३ करोड ९५ लाख ४२ हजार ४ सय पुग्ने छ । बैंकले निष्काशन गर्न लागेको उक्त हकप्रदमा वैसाख १७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

बैंकको हकप्रद बिक्री प्रबन्धकमा श्री एनआईबिएल क्यापिटल मार्केट रहेको छ । उक्त हकप्रद शेयरमा श्री एनआईबिएल क्यापिटल मार्केट लाजिम्पाट र टुरिजम् डेभलपमेन्ट बैंकको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलवार ०५:२५