बालकुमारीमा प्रहरीको गोली लागेर १ जना प्रदर्शनकारीको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बालकुमारीमा प्रहरीको गोली लागेर १ जना प्रदर्शनकारीको मृत्यु



काठमाडौं । बालकुमारी घटनामा प्रहरीको गोली लागेर १ प्रदर्शनकारीको मृत्यु भएको छ। प्रदर्शनको क्रममा प्रहरीले गोली लागेर घाईते भएका सुजन राउतको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो।

आन्दोलनमा सहभागी एक युवाको उपचारका क्रममा निधन भएको प्रहरीले पुष्टि गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । ग्वार्कोस्थित इपीएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

प्रकाशित : १३ पुष २०८०, शुक्रबार १५:०५